यु–१८ एसियाली रग्बी : पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई विजयी

by समतल अनलाइन

काठमाडौं । पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१–१७ स्कोरले पराजित गर्‍यो ।

त्यसअघि आइतबार नै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएईले भारतलाई ३६–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा मलेसिया तेस्रो भयो ।

मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो । पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइले थाइल्यान्डलाई १९–० ले पन्छाउँदै पहिलो भयो । ताइपेइले नेपाललाई ३४–७ तथा थाइल्याण्डले बंगलादेशलाई ५३–० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन् ।

 
 
  
 

You may also like