अभिनेता सलोन बस्नेत बाँधिए बैवाहिक जीवनमा

by समतल अनलाइन

काठमाडौं । अभिनेता सलोन बस्नेत आज (सोमबार) प्रेमिका करिश्मा केसीसँग वैवाहिक जीवनमा बाँधिएका छन् । तीन बर्षदेखिको प्रेम सम्बन्ध उनले विवाहमा परिणत गरेका हुन् । सलोनको विवाह समारोह चन्द्रागिरि रिसोर्टमा आयोजना गरिएको हो ।

महिला समूहको नौमती बाजासहित जन्ती लिएर उनी बेहुली लिन रिसोर्ट पुगेका थिए । जन्तीमा उनका पारिवारिक सदस्य, आफन्त र साथीभाइका फिल्मकर्मी सहभागी भएका छन् । आकर्षक पहिरनमा सजिएर उनी डोलीमा रिसोर्टमा पुगेका थिए ।

बिहेअघि यो प्रेम जोडीको शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह आयोजना भएको थियो । समारोहमा कलाकार तथा उनका आफन्तको उपस्थिति रहेको थियो । सलोनको विवाह भोज भने १४ गते बुधबार राखिएको छ ।

 
 
  
 

You may also like