जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतको ‘ह्याट्रिक’

by समतल अनलाइन

जाजरकोट । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी भएका छन् । उनी ३४ हजार १५१ मत प्राप्त गरेर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार १२० मत ल्याए । २०७४ सालको प्रतिनिधिसभा चुनावमा पनि बस्नेत जाजरकोटबाट विजयी भएका थिए । योसँगै उनी तीन पटक चुनाव जित्न सफल भएका छन् । २०७० सालमा भएको संविधानसभाको दोस्रो चुनाव र २०७४ सालको प्रतिनिधिसभा चुनावमा पनि उनी जाजरकोटबाटै निर्वाचित भएका थिए ।

 
 
  
 

You may also like