छोटो भेटमा मानिसलाई कसरी प्रभावित पार्ने ? ६ उपाय

by समतल अनलाइन

हरेक मान्छेको चाहना हुन्छ, आफूलाई अरुका सामुन्ने प्रभावित पार्ने ।

कसैले छोटो समयमा नै ब्यक्तित्व, पहिरन तथा ब्यवहारले प्रभावित पार्छन् भने केहिले प्रभावित पार्न लाखौँ कोशिस गरे पनि लामो समयसम्म प्रभावित पार्न सक्दैनन् ।

अरुलाई प्रभावित पार्न उसले कुरा गर्ने शैली र आत्मविश्वास महत्वपुर्ण हुन्छ । यदि तपाईं पनि कसैलाई प्रभावित पार्न चाहनुहुन्छ भने हामीले दिएको टिप्सलाई पालना गरे सहजै अरुलाई प्रभावित पार्न सक्नुहुनेछ ।

१. बोली र व्यवहार

कोही पनि मानिस छिट्टै प्रभावित हुने पहिलो अस्त्र भनेको बोली र व्यवहारले नै हो । त्यसैले तपाई कसैसँग कुराकानीका क्रममा हुनुहुन्छ भने मिठो बोली, आदरपूर्वक ब्यवहार गर्नु भयो भने यसले छिट्टै अरुलाई प्रभावित पार्न सक्छ ।

२. पहिरनमा ध्यान दिनुस्

मानिसको राम्रो ब्यक्तित्व झल्काउने अर्काे अस्त्र हो, पहिरन । हुन त पहिरन मात्रै मानिसलाई प्रभावित पार्ने मूल कारण होइन तर सुहाउँदो र सफा कपडाको छनोट गरेमा भेटेको ब्यक्तिलाई तपाईले प्रभावित पार्न सक्नुहुनेछ ।

३. कम बोल्ने

धेरै मानिसमा आफूमात्र बबोल्न बानी हुन्छ । तर यसले अरुको सामुन्ने तपाई धेरै कुरा गर्ने ब्यक्तिका रुपमा परिचित हुनु हुनेछ । तसर्थ कसैसँग कुराकानीको क्रममा हुनुहुन्छ भने आफू कम बोलेर उसको कुरा सुनिदिनु भयो भने यसले तपाईप्रति राम्रो धारणा बन्दछ ।

४. सम्मान दिनुहोस्

आफूलाई ठूलो देखाउन केही मानिस आफू मुनिका वा तल्लो वर्गका मानिससँग सम्मानपूर्वक बोल्दैनन् । तर यसले तपाई स्वयम्लाई क्षति पुर्याउँछ । तसर्थ कोहीसँग कुराकानीको क्रममा हुनुहुन्छ भने तँ वा तिमी सम्बोधनभन्दा पनि तपाईं शब्दको छनोट गर्नुहोस् ।

५. कमजोरी नदेखाउनुहोस्

सबैले सकारात्मक मानिससँग संगत गर्न चाहन्छन् । तर केही मानिस आफ्नो कमजोरी वा दुखान्त सुनाएर अरुको मन पगाल्न खोज्दछन् भने ती आफैँमा कमजोर आत्मविश्वास भएका मानिस हुन् । त्यसैले कोही ब्यक्तिसँग कुरा गर्दा आफ्नो कमजोरी खुलेर नबताउनुहोस् ।

६. जे छ त्यही भन्नुहोस्

अरुलाई प्रभावित पार्ने नाममा कतिपय मानिस आफैँ आफ्नो वर्णन गरिरहेका हुन्छन् । तर यो अवस्थामा तपाईले आफू जे हो त्यही रुपमा प्रर्दशन हुनु भयो भने भविष्यमा कुनै कुराको ढाकछोप गर्न झुट बोल्नु पर्ने स्थिति आउँदैन । त्यसैले नचाहिँदो शान नदेखाउनुहोस् ।

 
 
  
 

You may also like