‘डान्स स्टार सिजन ३’ सेमिफाइनलमा ३२ जना डान्सर प्रतिस्पर्धी प्रवेश

by समतल अनलाइन

बुटवल। रुपन्देहीमा रहेको छमछमी कला केन्द्रको आयोजनामा सुरु भएको रुपन्देही डान्स स्टार सिजन ३ को सेमिफाइनलका लागि ३२ जना डान्सर प्रवेश गरेका छन्

३०० जना सहभागी मध्ये ८० जना दोश्रो राउण्ड अथवा मेगा राउण्डमा प्रवेश गरेका थिए । लुम्बिनी बाणिज्य क्याम्पसको सभाहलमा शनिवार भएको मेगा राउण्ड बाट ३२ जना डान्सर प्रतिस्पर्धी सेमिफाइनलमा प्रवेश गरेका हुन्

रुपन्देही डान्स स्टार सिजन ३ को सेमिफाइनलको प्रस्तुति १८ गते शनिबार हुने छमछमी कला केन्द्रको अध्यक्ष किशोर थापाले बताए ।

प्रतियोगिताको विजेतालाई ७० हजार नगद र म्युजिक भिडियोमामा अवसर तथा द्वितीयलाई ५० र तृतीयलाई ३० हजार पुरस्कार प्रदान गरिने छ।

 
 
  
 

You may also like