रुपन्देहीकाे देवदहमा काँग्रस-माओवादी तालमेलमा सहमति

बुटवल ।रुपन्देहीकाे देवदह नगरपालिकामा काँग्रस-माओवादी तालमेलमा सहमति जुटेकाे छ । आसन्न स्थानीय तहकाे निर्वाचनकाे लागि छुट्टाछुट्टै उम्मेदवारी दिएका नेपाली काँग्रेस र माओवादी केन्द्रबिच चुनावी तालमेलमा सहमति जुटेकाे हाे ।

दुबै पार्टीका जिल्ला र प्रदेश समितिकाे परिपत्र अनुसार काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिनेगरी सहमति जुटेकाे काँग्रेस रुपन्देही क्षेत्र नं. १ का सभापति समेत रहेका मेयर पदका उम्मेद्वार हिराबहादुर खत्रीले बताउनु भयाे ।

तालमेलमा सहमति जुट्न नसक्दा काँग्रेस माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका थिए । पछिल्लाे सहमति अनुसार माओवादी केन्द्रले मेयरमा काँग्रेस उम्मेद्वार हिराबहादुर खत्रीलाई सहयाेग गर्नेछ भने नेपाली काँग्रेसले उपमेयरमा माओवादी केन्द्रका उम्मेद्वार सुन्दरी गिरीलाई सहयाेग गर्नेछ ।

याे सहमतिसंगै माओवादी केन्द्रबाट मेयरमा उम्मेद्वारी दिएका गाेविन्द ठडराई र काँग्रेसबाट उपमेयर पदमा उम्मदवारी दिएकी शरीता चाैधरीले उम्मेदवारी फिर्ता लिनेपनि उहाँले बताउनु भयाे । वडामा भने गठबन्दन भित्रका दलहरु बिच नै मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ । देवदह नगरपालिकामा १२ वटा वडा छन् ।

 
 
  
 

You may also like