प्रकाश विक , छोरी मलाई थाहाँ छैन स्वर्गकि अप्सरा कस्ती हुन्छन् तर मलाई यति थाहा छ मेरी छोरी भन्दा राम्री पक्कै हुदैन् होला । साच्चै तिमीलाई बेहुलीको भेषमा तिमी साच्चै स्वर्गकि अप्सरा जस्तै देखिएकि छाै। तिम्रो आमालाई पनि मैले बिहेको मण्डपमा यस्तै अप्सरा जस्तै देखेको थिए। तिमीलाई यो रातो सारी गहना साह्रै सुहाएको छ।
लाै यो तिमीलाई मेरो उपहार जुन उपहार मैले तिम्रो लागि धेरै पहिला नै किनेर राख्दिएको थिए । आजकै दिनको प्रतिक्षामा मैले यो ल्याइदिएको थिए ।यो श्रृङ्गार सँग यो उपहार तिमीलाई धेरै नै सुहाउछ ।आज बाट तिमी यो घर यो ठाउँ छोडेर जाँदै छाै । यो घर यो ठाउँ अब तिमी बिना मलाई शुन्य लाग्ने छ तिमी नहुदा मलाई अब यो घर घर नै लाग्ने छैन् साच्चै अपुरो अधुरो
छोरी, त्यो दिन म धेरै खुशि भएको थिए । जुन दिन तिमी तिम्रो आमाको गर्वमा आयाै भन्ने कुरा तिम्रो आमाले मलाई भनिन् ? म त्यस दिन अपिसको लागि अलि छिटो नै घरबाट निस्केको थिए म निस्कने बेला तिम्रो आमाले मलाई भनेकि थिइन् आज अलि सन्चो छैन तिमी बेलुका अपिस बाट छिट्टै आउ है भन्दै मलाई हिड्ने बेला निन्याउरो मुख पारेकि थिइन्। सधैं मुस्कुराएर बिदाई गर्ने तिम्रो आमा त्यो दिन अलि फरक थिईन मलाई पनि खुशि खुशि साथ जान म लागेको थिएनन् बिहेको त्यो पहिलो पटक थियो होला सायद तिम्रो आमालाई मैले निन्यारो भएको देखेको मैले हिड्ने बेला नजिकैको medical गएर चेक गरेर आराम गर अलि धेरै नै भयो भने मलाई फोन गर म आउछु अपिसमा बिदा मिलाएर भन्दै म निस्के?
आईतवारको दिन थियो अपिसमा धेरै नै काम आएको थियो जादाँ बित्तिकै म काममा बिजि भए कस्तो छ अहिले तिमीलाई भनी म तिम्रो आमालाई फोन नै गर्न भुलेछु १२ बजे तिर मेरो फोनमा एउटा म्यासेज आयो म झ्याटै फोन हेरिन सायद ४०/५० मिनेट पछि हेरे त्यो तिम्रो आमाको म्यासेजमा थियो लेखिएको थियो बाबा……….?
म अचम्म परे बाबा शब्द तिम्रो आमाले कहिल्यै भनेकि थिईनन् । अनि म कल गरे तिम्रो आमालाई तिम्रो आमाले १ घन्टिमै मेरो फोन उठाईन् सधै मेरो नाम लिएर बोल्ने तिम्रो आमा त्यो दिन हास्दै बाबा भन्छिन्। म पनि बिहान सन्चो छैन भन्दै निन्याउरो अनुहार पार्दै बिदाई गर्ने मान्छेले एक्कासी खुशि हुँदै बाबा बाबा भनी रहको छाै के भयो तिमीलाई भन त medical गएनाै उनले भनिन् अ गए र बाबा भनिराछु मैले अझै पनि तिम्रो आमाको कुरा बुझि राकै थिएनन् उनले ए बुद्दु म medical गएको थिए जे कुराको शंका लागेर म गएको थिए त्यहि भयो मलाई ठिक छ सबै केही भएको छैन बरु तिमी बेलुका छिट्टै आउ तिमीलाई एउटा surprise छ भन्दै फोन काटिन्। काममा ध्यान भएको कारण मैले तिम्रो आमाको surprise वाला कुरामा ध्यान नै गएन् या भनाै म नै बाबा बन्दै छु भन्ने कुरामा मेरो ध्यान नै गएनन् बेलुका काम सकाएर अब म घर पुगे घर पुग्दा मेरो खुशीको सिमा नै रहेन् मैले जीवनमा सबैभन्दा ठुलो उपहार पाउने वाला भए । भनेर म एकदम खुशि भए
जब तिम्रो आमालाई व्यथा लागेर अस्पताल पुर्याइयो त्यहाँ प्रसुति गृहमा मलाई बाहिर राख्दै एकजना नर्सले भनिन दाइ हजुर बाहिर बस्दै गर्नुस् है त्यस्तो आत्तिनु पर्दैन् चिन्ता नलिनु के हुन्छ हामी हजुरलाई खबर गर्छाै है भन्दै ढोका बन्द गरिन् ।
तिम्रो आमालाई भित्र लगेको २ घण्टा पछि ढोका खोलियो एकजना नर्सले तिमीलाई मेरो हातमा राख्दै भनिन् बधाई छ हजुरलाई हजुर बाबा बन्नुभयो । जब म तिमीलाई पोइलो पटक देखे तब मेरो आखाँमा आँसु आएको थियो त्यो तिमीलाई देखेर मेरो आखाँबाट खुशिको आँसु आएको थियो । मैले मेरो जीवनको सबैभन्दा ठुलो उपहार मेरो काखमा राखेको छु ।
“तिमी पहिलो पटक स्कुल जाने दिन म तिमीलाई तिम्रो मन पर्ने कपडा र मन पर्ने खाजा सबै तिमीलाई दिई तिमीलाई स्कुल पुर्याउन गएको थिए । ”
सधै म तिमीलाई अपिसबाट फर्कदा तिमीलाई मन पर्ने तिम्रो चक्लेट लिएर आउथे। म आएको सबैभन्दा पहिला तिमीलाई थाहा हुन्थ्यो मलाई दाैडेर लिन तल गेट सम्म खालि खुट्टा दाैडेर आउन्थ्याै । अनि मेरो चोरी आैला समाएर सँगै कोठातिर लाग्थ्याै ।अनि भन्थ्याै खै …
अनि म गोजीबाट तिम्रो मन पर्ने चक्लेट तिमीलाई दिन्थे अनि त्यो खोलेर पहिला मलाई खुवाइ तिमी खान्थ्याै ।
“हरेक पल्ट तिमी माम खादाँ पहिला मलाई एक चम्चा खुवाएर बाबा मीठो छ भन्दै बल्ल तिमी खान्थ्याै ।”जब म पसिस बाट घर फर्कन्थे तब तिमी म मेरो छातिमा उफ्रने खेल्ने मलाई सताई रहन्थ्याै तर त्यो तिम्रो सताउने बानी मलाई साह्रै मन पर्थेयो छोरी”
म हुदाँ म सँग खेल्न र मलाई सताई रहन तिमीलाई साह्रै मन पर्थेयो र मलाई पनि ।
तिमीलाई थाहा छोरी अब म तिमीलाई तिम्रो स्कुल छोड्न तिमीलाई जान्थे तब तिमी मेरो हात समाए के भन्थ्याै थाहा छ ।बाबा हजुर पनि यतै बसेर पढ्नु न है घर जादाँ सँगै जाने हजुर र म अनि त्यो तिम्रो अबोध माया देखेर मेरो मन अनेकौं प्रश्न आउथे र म भगवानलाई मन बाट धन्यवाद दिन्थे यति धेरै माया गर्ने छोरी उपहार स्वरुप दिएको भन्दै भगवान प्रति आभार व्यक्त गर्थे ।
अब म तिमी सँग हुन्थे नि छोरी तिमीलाई म बाहेक अरु कोहि पनि चाहिने थिएन बास म भए तिमीलाई हुन्थ्यो ।
म कहिल्यै काहीँ घरबाट टाढा हुदाँ पटक पटक फोन गरेर मलाई सोधिरहन्थ्याै। बाबा हजुर कहिले आउने ?
छोरी तिमी नै मेरो संसार थियौं र म तिम्रो ।….
तिमी स्कुलमा हरेक प्रोग्राममा प्रथम हुदाँ पहिलो पटक मलाई सुनाउन दाैडेर म कहाँ भएको ठाउँमा आउथ्याै तिमीलाई थाहा छ छोरी तिमी एसएलसीमा उत्कृष्ट अंक लिएर पास हुदाँ पहिलो पटक लड्डु मलाई लिएर खुवाएकि थियाै ।
हरेक समस्या पर्दा दाैडेर मलाई समस्या बताउन आउथ्याै बाबा यस्तो भयो बाबा उस्तो भयो ।
“तिमीलाई मैले तिम्रो पहिलो जन्मदिनको दिन मैले दिइएको पहिलो गिफ्ट अझै पनि मेरो दराजमा सुरक्षित सँग सजाएर राखेको छु” त्यो मेरा लागि मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण र प्यारो उपहार थियो । तिम्रो लागि।
तिमी सँग हास्दै रमाउदै गर्दा कति छिटो २५ बर्ष कटेछ थाहा नै भएन तिमी कति छिटो २५ वर्ष भएछाै छोरी ।
मैले कुनै दिन मन देखि नै कसैलाई सहयोग र अरुको लागि राम्रो काम गरेर होला सायद मेरो लागि तिमी जस्तो प्यारी र ज्ञानी छोरी मलाई उपहार स्वरुप पाएको
अब ती सबै पुराना कुरा र यादहरु मैले अब मेरो बाकि जीवनमा सम्झेर बस्नु पर्ने भयो छोरी
म तिमीलाई पहिलो पटक बोक्दा जति खुशि थिए छोरी त्यहि खुशि लिएर आज पनि म तिमीलाई बोकेर गाडि सम्म कसरी पुर्याउन सक्छु होला छोरि ?
म तिमीलाई रुदै यो घर बाट कसरी खुशि खुशि तिमीलाई बिदाई गर्न सक्छु ।
बाहिर सबै जना खुशिले नाचि रहेका छन् कोहि नाच्नमा बिजि छन् कोहि फोटो खिच्नमा तर छोरी अब हरेक दिन तिमीलाई सम्झेर म हरेक दिन मरिरहने छु अब तिमी नहुदाँ यो घर मेरा लागि घर नै हुने छैन्
मलाई कताबाट बोलाउछाै कहाँबाट बाबा भन्छाै भन्दै म तिम्रो आवाज कुरी रहनेछु?
म अब हरेक दिन बाहिर बाट घर फर्कदा तिमीलाई मन पर्ने चक्लेट किनेर ल्याएर छोरी भन्दै को लाई बोलाउला ?
सधै मेरो ओछ्यानमा good morning baba हजुरको चिया भन्दै मलाई बिहान कस्ले चिया खुवाउछ
म पिडामा हुदा सँगै बसेर मेरो मनको पीडा कस्ले बुझ्छ ।
मलाई थोरै पनि पिडा हुदाँ मेरो नजिक आएर मेरो पीडा कस्ले बुझ्छ ।
अब मलाई दाैडेर अपिसबाट फर्कदा मलाइ लिन को आउँछ।
बाहिर त रङ्गि चङ्गि सजावट सबै छ छोरी तर मेरो मन….. खुशि त छु तिमी अब आफ्नो नयाँ संसारमा रमाउने छाै अब तिम्रो संसार सधै रङ्गिचङ्गि हुने छ तर मेरो मन सधै हरेक पटक भित्र भित्र जलि रहेने छ छोरी म तिमीलाई मेरो यो घर बाट बिदाई गरेर कसरी आफ्नो मनलाई सम्हाल्ने छु होला?
तिमी बिना अब यो घर घर रहने छैन यो त एउटा इट्टा बालुवा र सिमेन्टले बनेको एउटा चुचुरो मात्र हुने छ ।
तिमी मात्र हाै मेरो जिवनको सबै थोक तिमी सँग हुदाँ म संसारका सबै दुख पीडा भुलेर बाच्न सक्छु छोरी तिमी मेरो छोरी हैइनाै मेरो जीवनको असल साथि हाै मुटु हाै अब यो मुटुलाई कसरी म चुड्न सक्छु । कसरी अरुलाई सुम्पिन सक्छु।
मैले बिदाई गरिन्, मेरो मुटु चुडे
425