रूपन्देहीमा मोटरसाइकल दुर्घटना : एक महिलाको मृत्यु, दुई जना घाइते

by समतल अनलाइन
125Shares

बुटवल । रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका–७ भैसाहीस्थित सडकमा मंगलपुरबाट पर्सातर्फ आउँदै गरेको युपि ५५ एएच ८०९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार कोटहीमाई गाउँपालिका–५ नोउडीहवा बस्ने ३५ वर्षीया श्रीभावत धोवीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

You may also like