नेपालमा संचालन भएका फिजियोथेरापी पुनर्स्थापना केन्द्रंहरुको संघ प्राण निर्माण

by समतल अनलाइन

बुटवल । फाल्गुन ७ प्रजातन्त्र दिवसको अवसर पारेर देश भरी रहेका नौ संस्थाहरु एक्यवद्द भई “फिजियोथेरापी रिह्यबिलिटेसन सेण्टर एसोसिएसन नेपाल” छोटकरीमा “प्राण” निर्माण भएको घोषणा गरिएको छ । काठमान्डौंमा फाल्गुन ६ मा साधारण सभा आयोजना गरि घोषणा गरिएको यस कार्यक्रममा नेपालका पहिलो रिह्याबिलिटेसन डाक्टर , फिजियोथेरापी संघ , अकुपेस्नल थेरापी संघ , प्रोसथेसिस अर्थोसिस संघ तथा नास्फिरका अध्यक्षहरु सहित पुनर्स्थापनाका विज्ञहरु अतिथीमा निमंन्त्रण गरिएको थियो।

नेपाल राज्यभित्र भौतिक चिकित्सा तथा पुनस्र्थापना सेवा संचालन गरिरहेका संस्थाहरु एकआपसमा संगठित भई हाल सम्म निर्माण नभएको दर्ता प्रकृया स्थापना सरकार सन्ग भाग गरि सहयोग गर्न , पेशागत एवम् व्यवसायिक ऐक्यवध्दता कायम गर्न; पेशागत तथा व्यवसायिक हकहितको संरक्षण तथा प्रवध्र्दन गर्न; भौतिक चिकित्सा तथा पुनस्र्थापना सेवालाई गुणस्तरीय, प्रभावकारी र मर्यादित वनाउदै स्वास्थ्य सेवाको क्षेत्रमा योगदान दिन संगठित प्रयास गर्ने उद्देश्यले संघ गठन गरिएको नवनियुक्त संस्थापक अध्यक्ष हरि कुमार लम्सालले बताउनु भयो।

नेपाल राज्यभित्र फिजियोथेरापी पुनर्स्थापना सेवा संचालन गरिरहेका १५ शैया भन्दा वढी क्षमताका संस्थाका सञ्चालकहरुले फाल्गुण ६ २०७८ गते काठमाण्डौंमा सम्पन्न राष्ट्रिय भेलाले सर्वसहमतिमा संघको विधान पारीत गर्दै सो विधान वमोजिम विभिन्न निर्णयहरु गर्नुका साथै यस संघको प्रथम कार्यसमितिको गठन गरेको छ ।

संघका नव गठित पदाधिकारीहरु यस प्रकार रहेका छनःः
अध्यक्षः हरि कुमार लम्साल (साहारा फिजियोथेरापी अस्पताल, काठमाण्डौं ) उपाध्यक्षः जगदीश खनाल (नवजीवन फिजियोथेरापी रिहाविलिटेशन सेण्टर, वुटवल)
महासचिवः समीद कातिला श्रेष्ठ (अर्थोप्लाष्ट रिविलिटेशन सेण्टर, ललितपुर)सचिवः राजेश महत (रिभाईव फिजियोथेरापी रिहाविलिटेशन सेण्टर, काठमाण्डौं)
कोषाध्यक्ष दीक्षा जोशी (अर्पण फिजियो केयर एण्ड रिहाविलिटेशन सेण्टर, ललितपुर) सदस्यः विवेक पौडेल –चितवन फिजियोथेरापी रिहाविलिटेशन सेण्टर,चवन)
सदस्यः अशोक रिमाल (न्युरोप्लाष्ट फिजियोथेरापी रिहाविलिटेशन सेण्टर, धनगढी) सदस्यः कवीन सापकोटा (सक्षम फिजियोथेरापी रिहाविलिटेशन सेण्टर, झापा)
सदस्यः अंगीरा थापा (सर्व फिजियोथेरापी एण्ड वेलनेस सेण्टर, विराटनगर) स्वास्थ्य सेवाका अन्य विधा जस्तै यस विधालाई पनि मान्यता प्रदान गरी जनताको स्वास्थ्यप्रतिको हक सुरक्षित गर्न आवश्यक पहलका लागि नेपाल सरकार तथा अन्य सम्वन्धित निकाय समक्ष अनुरोध गर्न काम गर्ने , जनस्तरमा जानकारीमूलक कार्यक्रमहरु संचालन गर्ने, पुनर्स्थापनाका अन्य सॅस्थाहरुसंग हाते मालो गर्दै एक जुट भई सामुहिक हक हितको निमित्त काम गर्ने संघका महासचिव समिद कतिला श्रेष्ठले बताउनु भयो ।

नेपाल सरकारले साधारण अस्पताल वा विशेषज्ञ अस्पताल, पोलीक्लिनिकहरु स्थापना गर्ने मापदण्ड वनाएर लागू गरेको छ तर स्वास्थ्य सेवाको यति महत्वपूर्ण विधा संचालनका लागि फिजियोथेरापी तथा पुनस्र्थापना केन्द्र संचालन गर्ने मापदण्ड हालसम्म वनाएको छैन । अतः हामी हाम्रा सेवा संचालन गर्न सरकारले उचित मापदण्ड निर्माण गरी लागू गरोस भन्ने चाहन्छौं । मापदण्ड निर्माण गर्न तथा त्यसलाई लागू गर्ने कार्यमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्न हामी तैयार रहेको जानकारी गराउन चाहन्छौं अध्यक्ष लम्सालले थप्नु भयो।

सेवाको गुणस्तर कायम गर्न, यसको विश्वसनीयतामा वृध्दि गर्न, स्वास्थ्य क्षेत्रको एक प्रभावकारी तथा वैज्ञानिक विधाका रुपमा यस सेवालाई स्थापित गर्न ,सम्वन्धि काम गर्ने सरकारी तथा गैरसरकारी संघ संस्था संग सहकार्य गर्न प्रयत्न गर्ने, फिजियोथेरापी तथा रिहाविलिटेशन सेवाको प्रभावकारीताकालागि रचनात्मक तथा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने , फिजियोथेरापी तथा रिहाविलिटेशन सेवा सम्वन्धि सभा गोष्ठी, शिविर तथा छलफल कार्यक्रमको आयोजना गर्ने समेत उदेश्य रहेको प्रेस विज्ञप्तीमा उल्लेख थियो ।

 
 
  
 

You may also like