‘लाफा’ बि लेभल व्याडमिन्टन प्रतियोगिता शुरु

by समतल अनलाइन

बुटवल।लाफा समुहको आयोजनामा बुटवलमा शनिबारदेखि ‘लाफा’ मेन्स डबल्स खुल्ला बि लेभल तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता २०७८ शुरु भएको छ । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले प्रतियोगिताको उद्घाटन गर्दै खेल पुर्वाधार र खेलाडी उत्पादनमा बुटवल उपमहानगरपालिका अगाडि रहेको दाबी गरे । खेलाडीहरुको खेल विकास गर्न पूर्वाधारको आवश्यकतालाई मध्येनजर गरि यसमा लगानी गरेको उनले बताए । यसैगरि नगरमा मानविय र भौतिक विकासको रणनैतिक योजना बनाएर अगाडि बढेको दाबी गर्दै यसबाट बुटवलको स्वरुप फेरिने उनले बताए । सास्कृतिक र आर्थिक केन्द्रको रुपमा नगरको विकास भैरहेको समेत उनले बताए ।
समुहका अध्यक्ष तारा रेश्मीमगरले प्रतियोगितामा खुला तर्फका विजेताले ३५ हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले २० हजार तथा तेस्रो हुनेले १० हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन । भेट्रान्सतर्फ उपाधि विजेताले नगद २५ हजार रुपैया, दोस्रो टिमले नगद १५ हजार र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन ।
कार्यक्रममा वडा नं ८ का वडाअध्यक्ष भिमप्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, शिवनगर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नारायण घिमिरे, क्लबका संरक्षक बासुदेव लामिछाने, उपाध्यक्ष बबिन थापा, निवर्तमान अध्यक्ष केशब रानाले नीजि क्षेत्रबाट खेल विकासमा लगाएको बताए ।
प्रतियोगितामा लुम्बिनी प्रदेश सहित चितवन, मनाङ्ग, स्याङ्गजा, बाग्लुङ्ग र दाङ्गका गरि खुल्लातर्फ ६४ र भेट्रानतर्फ ३२ टिमले भाग लिएका संयोजक सुरज थापाले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयां खर्च अनुमान आयोजकको छ ।
यसैबिच पंचरत्न युवा क्लबका शिव राना र जिवकान्त काफ्लेको जोडी तथा लाफा समुहका तारा रेश्मीमगर र बबिन रानाको जोडी बिचमा भएको उद्घाटन खेलमा आयोजक विजयी भएका छन । उनिहरुले २—० को सोझो सेटमा जित हासिल गरे । लगातार ३ वर्षसम्म राष्ट्रिय लेभलको व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

 
 
  
 

You may also like