आईपीएल अक्सनमा सन्दीप ‘अनसोल्ड’

by समतल अनलाइन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको शनिबारको चरणमा ‘अनसोल्ड’ भएका छन् ।

उनले आफ्नो न्युनतम मूल्य ४० लाख भारुको राखेका थिए । शनिबारको अक्सन श्रृखंलामा अन्तिममा नाम आएको उनी माथि कुनै टीमले बोली लगाएनन् । सन्दीपले यसअघि दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए । उनले कुल ९ खेलमा १३ विकेट लिएका थिए ।

 
 
  
 

You may also like