फागुनदेखि सिनेमा हल खुलाउन सिफारिस

by समतल अनलाइन

काठमाडौं । कोरोना माहामारीका कारण दोस्राे पटक बन्द गरिएका सिनेमा हल खुल्ने भएका छन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) ले फागुन १ गतेदेखि सिनेमा हल खोल्न सिफारिस गरेको हो ।

सीसीएमसीको आइतबार बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सिनेमा हल खुलाउन सरकारलाई सिफारिस गरेको हो । कारोना संक्रमणको तेस्रो लहर सुरु भएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले गत माघ ३ गतेदेखि हल बन्द गराएको थियो ।

कोरोनाको दोस्रो लहर नियन्त्रण भएपछि फिल्म प्रदर्शनमा तातिएका निर्माता/निर्देशक अन्योलमा परेका थिए । प्रदर्शन मिति तय गरेका कतिपय फिल्म भने पोस्पोन्ड भइसकेका छन् ।

 
 
  
 

You may also like