टी–२० विश्वकप : स्कटल्याण्डविरुद्ध भारत ८ विकेटले विजयी

by समतल अनलाइन

काठमाडौं । भारतले टी–२० विश्वकप क्रिकेट प्रतियोगिताबाट यसअघि नै बाहिरिइसकेको स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको छ । भारतले टस जितेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले दिएको ८६ रनको चुनौती भारतले ६.३ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएको हो ।

एकतर्फी खेलमा भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद शामीले ३–३ विकेट लिन सफल भए । जसप्रित बुमराहले दुई तथा रविचन्द्रन आश्विनले एक विकेट लिए । यससँगै भारतले अन्तिम चारको सम्भावना बचाइराखेको छ । भारतलाई जिताउने क्रममा ब्याटिङतर्फ ओपनर केएल राहुलले ५० रन र रोहित शर्माले ३० रन बनाए ।

उता पराजित स्कटल्यान्डका ब्राड ह्वील र मार्क वाट्टले एक–एक विकेट झारेका थिए । यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १७ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर केवल ८५ रन जोडेको थियो । स्कटल्यान्डका जर्ज मुन्सीले सर्वाधिक २४ रन जोडे ।

यो जितपछि भारतले चार खेलबाट चार अंक जोडेको छ । भारतले दुई खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ । यो समूहबाट चार खेल जित्दै पाकिस्तान सेमिफाइनलमा पुगेको छ । चारमध्ये तीन खेल जितेको न्यूजिल्यान्ड दोस्रो स्थानमा छ ।

अफगानिस्तानको पनि चार खेलमा चार अंक छ । तर रन रेटमा भारतले उछिनेको छ । स्कटल्यान्डले खेलमा हार भोगेको छ । भारतले अब समूह चरणको अन्तिम खेल नामिबिया र न्यूजिल्यान्डले अफगानिस्तानसँग खेल्ने छन् ।

भारतले सेमिफाइनलमा प्रवेशका लागि नामिबियालाई ठूलो अन्तरले हराउनु पर्छ । उता अफगानिस्तानले न्यूजिल्यान्डलाई पराजित गर्नुपर्छ । रन रेट पनि भारतको पक्षमा भएमा अन्तिम चारमा पुग्नेछ ।

 
 
  
 

You may also like