४०८ मा कोरोना संक्रमण, ५१८ जना निको, आठको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७,८९९ पिसिआर र २,१६८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर ५१८ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । देशभर ९,३७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ३८ हजार ८१५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

 
 
  
 

You may also like