बेमौसमी वर्षापछिको बाढी–पहिरोमा बेपत्ता २८ जना अझै भेटिएनन्

by समतल अनलाइन

काठमाडौं । कात्तिकयता मात्र आज (आइतबार) सम्म विपद्का घटनाबाट १२१ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढी पहिरोमा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन् । कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ ।

गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म भएको बेमौसमी वर्षाले उक्त क्षति भएको हो । मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो । वर्षाले सबैभन्दा बढी पूर्व र पश्चिम क्षेत्र प्रभावित भएको थियो । ठूला–ठूला पहिरा गएका थिए ।

प्राप्त विवरणअनुसार सबैभन्दा बढी कात्तिक ३ गते ६३ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए । कात्तिक ४ गते २९ जनाको मृत्यु भएको थियो भने कात्तिक ५ गते १३ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बेपत्ताको खोजी तथा अस्याथी आश्रयस्थलको व्यवस्थापन जारी रहेको मन्त्रालयले जनाएको छ ।

 

 
 
  
 

You may also like