यु–२३ एसिया कप छनौटको समूह चरणबाटै बाहिरियो नेपाल

by समतल अनलाइन

काठमाडौं। नेपाल एएफसी यू–२३ एसियन कप छनोटको समूह चरणबाटै बाहिरिएको छ । बिहीबार राति घरेलु टोली ताजकिस्तानसँग ६–० ले पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको हो ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा इरानसँग ४–० ले पराजित भएको थियो । गए राति भएको खेलमा आयोजक ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार बेहोरेको हो । ताजिकिस्तानसँगको हारसँगै नेपाल छनोट समूह चरणबाटै बाहिरिएको छ ।

ताजिकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएभ, शारफजोन सोलेहोभ, रुस्तम सोइरोभ, मुहम्मादली अजिजबोएभ, भादत हानोनोभ र इमोमाली अखामादखोनले एक÷एक गोल गरे । छनोटको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

ताजिकिस्तानको भने यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो । अब नेपालले आफ्नो अन्तिम खेल आइतवार लेबनानसँग खेल्ने छ ।

समूहको शीर्ष टोलीले एएफसी २३ वर्षमुनिको एसियन कप खेल्नेछ । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि २३ वर्षमुनिको एसियन कपमा छनोट हुनेछन् । उज्बेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

 

 
 
  
 

You may also like