नेपाली काँग्रेस रुपन्देही द्वारा कोजाग्रत पूर्णिमाको अबसरमा शुभकामना सम्पन्न

by समतल अनलाइन
195Shares

रुपन्देही । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

वि. सं. २०३३ मा जननेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।
काङ्ग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा पार्टी कार्यलय भैरहवामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको हो ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्व लेखासमिति का संयोजक भरत कुमार शाहको प्रमुख आतिथ्यमा भएको चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, विभिन्न सञ्चार माध्यमका प्रमुख, पत्रकार लगायतका विशिष्ट महानुभाव एवं शुभेच्छुकहरु सहभागिताका साथ शुभकामना आदान प्रदान गरेका थिए।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
वि. सं. २०३३ मा जननेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।
काङ्ग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा पार्टी कार्यलय भैरहवामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको हो ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्व लेखासमिति का संयोजक भरत कुमार शाहको प्रमुख आतिथ्यमा भएको चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, विभिन्न सञ्चार माध्यमका प्रमुख, पत्रकार लगायतका विशिष्ट महानुभाव एवं शुभेच्छुकहरु सहभागिताका साथ शुभकामना आदान प्रदान गरेका थिए।

Comments

You may also like

This will close in 0 seconds