पपुवा न्युगिनीमाथि नेपालको कठीन जीत

by समतल अनलाइन

काठमाडौं। नेपालले एक दिवसीय श्रृङ्खलाको पहिलो खेलमा पपुवान्यसगिनीमाथि दुई विकेटको कठीन जीत हात पारेको छ । पुपुवान्युगिनीले प्रस्तुत गरेको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको थियो ।

ओपनरद्वय कुशल भूर्तेल र आसिफ शेखले नेपाललाई राम्रो शुरुवात दिलाए पनि मध्यक्रमका ब्याट्सम्यान टिक्न नसक्दा नेपाल दबाबमा परेको थियो । शेखले ३० र भूर्तेलले १५ रन बनाउँदै पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे । तर, मध्यक्रमका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । रोहित पौडेलले सर्वाधिक ४१ रन बनाउँदै नेपालको पारीलाई सम्हाले । अन्त्यतिर सोमपाल कामीले २२ रन बनाउँदै नेपाललाई लक्ष्यमा पुर्‍याए ।

पपुवा न्युगिनीले अलआउट हुँदै १३४ रन बनाएको थियो । ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए । सन्दीपले १० ओभर बलिङ गर्दै केवल ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् ।

पपुवा न्युगिनीबाट कुनै पनि खेलाडीले अर्धशतक पनि बनाउन सकेनन् । उसका लागि लेगा सियाकाले ३०, चाल्र्स अमिनीले २३ र गौडी टिकाले २२ रन बनाए र चाद सोपरले अविजित १७ रन बनाए ।

 
 
  
 

You may also like