मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । नयाँ कार्यको योजना समेत बन्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक यात्राको योग पनि छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ, तर शेयर बजारको लगानी भने कमजोर रहला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्ने छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक सद्भाव बढ्ला, तर खर्च पनि बढ्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिने समय छ । वित्तीय संस्थाबाट सहयोग पनि मिल्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज शुभकार्यको चर्चा चल्ने छ । नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता पनि छाउने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेममा बाधाका साथै मन कमजोर रहने छ । आर्थिक संकटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ, तर आफन्तको साथ मिल्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । साँझमा भने अधिक धन खर्च भने हुन सक्छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिने छ । सन्तान सुख पनि मिल्न सक्छ ।
ज्यो.प. नारायणप्रसाद दुलाल