परिवर्तन र अग्रगमनका चर्का नारा घन्काए पनि जनताले सुख पाएनन् : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काए पनि जनताले सुखको अनुभूति गर्न नपाएको बताएका छन् ।

‘परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ’, पूर्वराजाले बुधबार एक विज्ञप्तिमार्फत भनेका छन्, ‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ ।’

उनले कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश रहेको भन्दै सरकारले प्रभावकारी ढंगले यसमा पहल गर्न नसकेको आरोप लगाएका छन् । यस्तै शाहले राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको पनि उल्लेख गरेका छन् ।

यस्तो अवस्थामा यही असार २३ गतेको जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय पनि पूर्वराजाले गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले यही असार २३ गते आफ्नो ७५ औं जन्मदिवस मनाउँदै छन् ।

 

 
 
  
 

You may also like