युरोकप : अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश

काठमाडौं । नेदरल्याण्ड्स युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गए राति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश गरेको हो ।

नेदरल्याण्ड्सको जितमा ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत र डेञ्जल डुम्फ्रिजले ६७ औं मिनेटमा गोल गरे । समूह ‘सी’ को गए राति नै भएको अर्को खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २–१ गोलले हराएको छ । यो समूहमा नेदरल्याण्ड्सको ६ अङ्क रहेको छ भने युक्रेन र अस्ट्रियाको ३–३ अङ्क छ । अङ्कविहीन रहेको नर्थ म्यासेडोनिया लगभग बाहिरिएको छ ।

 

 
 
  
 

You may also like