काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ८२ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४३ हजार ५२१ जना संक्रमित निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २,८२८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा पिसिआर र एन्टीजेन गरी १३ हजार २२ जनामा गरिएको परीक्षणमा २,८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा थपिए ४९९ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३५४, भक्तपुरमा ७९ र ललितपुरमा ६६ जना संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा अहिले सक्रिय स्रक्रमितको संख्या १२ हजार ७२२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ८,६८७ जनाको पिसिआर र ४,३३५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार १४ जना र एन्टीजेटमार्फत ८१४ जना संक्रमित पुष्टि भएका हुन् । पछिल्लो २४ घण्टामा देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ५५८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।