156
पोखरा। नेपाली कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले कानुनी लडाइँ लड्ने बताएका छन् । आफूहरुले बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएर मुख्यमन्त्री दाबी गर्दा पनि जालझेल भएको भन्दै न्यायका लागि कानुनी प्रक्रियामा लागेको जानकारी दिए ।
अहिले पोखरास्थित गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलको सरकारी निवास अगाडि विपक्षी गठबन्धनका ३१ प्रदेश सांसदहरु धर्नामा बसेका छन् । पोखरेललाई मुख्यमन्त्री बनाउनुपर्ने उनीहरुको माग छ । उनीहरुलाई निवास भित्र प्रदेश गर्न दिइएको छै न। कडा सुरक्षाबीच सांसदहरु निवास बाहिर पलेटी कसेर बसेका छन् ।