जनस्वास्थमाथिकाे खेलबाडको विरोध गर्दा ओलीतन्त्रले हामीलाई ६ घण्टा थुन्यो : संग्रौला

काठमाडौं । लेखक एवं नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले चिकित्सा शिक्षालाई कमाउ धन्दा बनाएर जनस्वास्थ्यमा भइरहेको खेलबाडको विरोध गर्दा आफूसहित १८ जना ६ घण्टा थुनिन परेको बताएका छन् ।

शुक्रबार बालुवाटारबाट पक्राउ परेका अभियन्ता संग्रौलाले हिरासतमुक्त भएपछि शनिबार बिहान सामािजक सञ्जालमार्फत यस्तो ज्यादतीविरुद्ध सबैलाई मुख खोल्न अपिल गरेका छन् ।

‘चिकित्सा शिक्षालाई कमाउ धन्दा बनाएर जनस्वास्थउपर खेलबाड गर्ने मार्सी भात ख्वाउने र खानेविरुद्ध आवाज उठाउँदा ओलीतन्त्रले हामी १८ जनालाई ६ घण्टा थुन्यो,’ संग्रौलाले लेखेका छन्, ‘सकल मान्यवर, मुख खोलौं, विरोध बोलौं, यी मक्खीचुस मार्सीमार्गीहरूलाई सम्बन्धनको आपराधिक कारोबार गर्न नदिऔं ।’

 
 
  
 

You may also like