66
बुटवल । रुपन्देहीमा थप ५५६ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहिका अनुसार बुटवलमा १७९ जना , सिदार्थमा १२० जना , तिलोत्तमा ९९ जना , सियारिमा ४२ जना , देवदहमा १९ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै गैडहवामा ४ जना , मायादेविमा १५ जना , मर्चावारिमा ३ जना , सैनामैनामा १६ जना , ओमसतियामा २५ जना , कन्चनमा १० जना , रोहिणीमा ९ जना , लुम्बिनी सांस्कृतिकमा ५ जना , शुद्दोधनमा ६ जना , कोताहिमाईमा ४ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या ६५३० जना पुगेका छन् भने मृत्यु हुनेको संख्या हालसम्म २९३ जना पुगेको छ ।