मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ । घर परिवारमा झैझमेलाको अवस्था आउला, तर यात्रा फलदायी हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभकार्यको चर्चा चल्ने छ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गबाट विशेष सहयोग मिल्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महत्वपूर्ण अवसर गुम्न सक्नेछ । मन कमजोर रहने र मनमा गलत विचारमा पनि आउन सक्छ, सचेत रहनु होला, तर नयाँ कमको योजना बन्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानी प्रशस्तै बढ्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज न्यायिक कार्यमा सफलता मिल्ने छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ, तर सातामा लत्ता कपडामा बढी धन खर्च हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिने छ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । बौद्धिक काममा सफलता पनि मिल्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध पनि कसिलो होला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्ने छ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । तर यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । अचल सम्पती हात पर्ला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । अधुरो काम पूरा हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्ने छ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
ज्यो.प. नारायणप्रसाद दुलाल