२०७७ चैत ९ गते सोमबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ला । जोश, जाँगर र हिम्मत पनि बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । सामाजिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिष्ठान्न भोजनको अवसर मिल्ने छ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभकार्यको चर्चा चल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । पढाइमा प्रगति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुची रहनुका साथै सामाजिक पद प्रतिष्ठा समेत प्राप्त हुने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश, जाँगर र उमङ्ग बढ्ने छ । आम्दानीका मार्ग बढ्ने छन् र आयका नयाँ नयाँ स्रोतहरू प्राप्त हुनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । शेयर बजारको कारोबारबाट लाभ पनि मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ । लगानीमा रहेको रकम फिर्ता पनि आउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने छ । मनमा दुविधा उत्पन्न हुनेछ र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज दैनिक कार्यमा प्रगति हुनेछ । प्रतिस्पर्धा वा परीक्षामा सफलता मिल्ने छ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ कार्यको योजना बन्ने छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like