प्रथम रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता २०७७ : उपाधि जनउत्थान सहकारीलाई

by समतल अनलाइन
Shares

बुटवल । प्रथम रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता २०७७ को उपाधि जनउत्थान सहकारी टिमले चुमेको छ । शनिबार देविनगरस्थित ग्रिनफिल्ड फुटसल ग्राउन्डमा भएको फाईनल खेलमा पत्रकार महिला टिमलाई ९-० गोल अन्तरले पराजित गर्दै जनउत्थानले उपाधि चुमेको हो ।

उपाधिसंगै जनउत्थानले नगद १० हजार ५ सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन। उपविजेता पत्रकार महिला नगद ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा जनउत्थानकी यस्मिना सलामी सर्कोत्कृष्ट, सगुन पाण्डे सर्वाधिक गोलकर्ता तथा सामाजिक अभियन्ताकी अस्मिता राना उत्कृष्ट गोलकिपरबाट पुरस्कृत भईन। यसैगरि खेलमा मानव अधिकारका लागि एकल महिला टिमलाई अनुसासित टिमका रुपमा सम्मान गरिएको थियो ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसी, रेडियो मुक्तिकी कोषाध्यक्ष अमृता अनमोल, स्टेसन म्यानेजर कल्पना तिवारीले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा जिल्लाका १० विभिन्न क्षेत्रमा रहेका महिलाहरुको टिम सहभागी रहेका थिए ।

 

You may also like

This will close in 0 seconds