- कोशिस भुसाल
यदि कसैले सोध्छभने मलाइ ‘सुन्दरताको उचाइ कति हुन्छ भनेर ?’
म उनीतिर इसारा गरेर भन्ने छु ‘उ त्यत्तिनै हुन्छ’
त्यो उचाइको कुनै नाप छैन तर पनि म, मैले लगाएको सिरको टोपी नखसुन्जेल हेरी नै रहन चाहन्छु
यदि कसैले सोध्छभने मलाइ, ‘आँखाको हेराइको गहिराइ कति हुन्छ भनेर ?’
म उनका आँखा तिर इसारा गरि भन्नेछु, ‘उ त्यति हुन्छ’
त्यो हेराइको कुनै गहिराइ छैन तर पनि म पिंध खोज्ने बहानामा डुबिनै रहन चाहन्छु
जब यो गाउँले केटाको ठेला मात्रै परेका यी हातलाइ,
उनका कोमल हातहरुले समाउन खोज्छन त्यतिबेला एस्तो लाग्छ,
कि एउटा गुलाबको फुलको पत्ता सिउडिको बिचमा काँडाहरु संग अल्मलाइरहेको होस्,
म त्यो दिन कुर्दैछु,
जुनदिन उनि साँचै जान्ने छिन् कि उनि संगको भेटमा यो सारा दुनियादारि पन्छाउदै,
उनका प्यारा आँखाको सानो दुनिमा हराउने मेरो प्रेम,
त्यहि आँखाको उपल्लो डिलमा उनले लगाएको गाजल भन्दापनि गाढा छ भनेर
म त्यो दिन कुर्दैछु,
जुनदिन हामिलाइ एक आपसको सम्बन्ध प्रमाणित गर्नुपर्ने छैन,
अरे प्रमाण त त्यसलाई चाहिन्छ जसको कुनै बिस्वाश हुदैन
हेर मेरो प्रेम त, ति तिम्रा भर्खर जन्मिएका बालकका तालु समान कोमल ओठहरु भन्दा पनि निर्दोष छ,
थोरै अप्ठ्यारो आउँदा आत्तिहाल्ने मेरो मन,
आजकल धरियाताको पालिमुनी ओत लागेर बसेजस्तो लाग्छ
जतिबेला पनि गुनासाहरु मात्रै गरिरहने मेरो मस्तिस्क,
अनि बाच्नको लागि अवसरहरु मात्र खोजिरहने यि मेरा आँखाहरु आजकाल तिम्रै प्रतिक्ष्यामा ब्यस्त रहन चाहन्छन
म त्यो दिन कुर्दैछु,
जुनदिन मेरो मनको भावनाको बाँध सम्हाली नसक्ने गरि फुटेर उनको मर्यादाको पर्खाल गर्लम्म ढलाउनेछ,
त्यो पर्खाल भत्किदा भत्किदै त्यस पछाडी उनले लुकाएर राखेका म प्रतिका स-साना आसंकाहारुलाई पनि संगै बगाएर लानेछ,
उनि केहि गर्न सक्ने छैनिन,
त्यतिबेला त्यहि सुनामिमा डुब्दै गरेको उनको प्रेमको टाईटानिकलाइ मै आफै सम्हालेर किनारा लगाइदिनेछु
म त्यो दिन कुर्दैछु,
जुनदिन उनलाई दु:खपर्दा मेरो काँधमा सिर राखी रुदा मैले लगाएको कमिज भिजाउने छिन्,
अनि म उनका गह भरिका आँसुलाइ यी दुइ हत्केलाहरुले पुछ्दै भन्नेछु,
” यो इश्वोर कस्तो , खैकिन तिमीलाई छोडी मलाइ रुवाउदैन,
कहिलै नरुनु प्रिय तिम्रा आँखामा आँसु सुहाउदैन”