दुई दिनमै रुपन्देहीमा करिब १६ लाखका अवैध सामान बरामद

by समतल अनलाइन
98Shares

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले दुई दिनको अवधिमा झण्डै १६ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ ।

प्रहरीका अनुसार वैशाख ६ र ७ गते जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा भन्सार छली गरी चोरी पैठारी गरिएको अन्दाजी १५ लाख ९० हजार १ सय ५५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो ।

बरामद गरिएका सामान, सवारीसाधन तथा संलग्न व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय र भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिए ।

प्रहरीले बरामद गरेको सामानमा भैँसी, पाडी, भाँडाकुँडा, लेडिज सुट, साडी, बोइलर कुखुरा, केरा, अंगुर, चुकन्दर, कटहर, फर्सी, सेतो अण्डा, पेय पदार्थ, विभिन्न किसिमका पटका, दैनिक उपभोग्य वस्तु, मोटरसाइकल र पिकअप गाडी लगायत रहेका छन् ।

You may also like

This will close in 0 seconds