तत्काल मौसममा सुधार नआउने

by समतल अनलाइन

काठमाडौं। नेपालमा अझै पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । पश्चिमी वायुको प्रभाव अझै रहेका कारण देशभरको मौसममा सुधार आउन   अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् विभूति पोखरेलले आउँदो तीन दिनसम्म देशभरको मौसम बद्ली हुने बताइन् । तर पश्चिमी वायुको प्रभाव सक्रिय नरहेकाले पानी पर्ने सम्भावना भने नभएको मौसमविद् पोखरेलले बताएकी छिन् ।

आज (शनिबार) देशका उच्च पहाडी भू–भागमा सामान्य हिमपातको सम्भावना रहेको छ । यो वर्षको जाडो सकिँनै लाग्दा राम्रोसँग हिउँदे वर्षा हुन सकेको छैन । माघ महिनाको मध्यतिर देशका केही ठाउँमा हल्का पानी परे पनि पर्याप्त पानी पर्न नसकेको हो ।

मौसमविद् पोखरेलले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको र परिहाले पनि फाट्टफुट्ट मात्रै पर्ने बताइन् । हिउँदको समयमा पर्याप्त पानी नपर्दा किसानले लगाएको हिउँदे बाली उत्पादनमा गिरावट आउने कृषिविज्ञहरुले बताएका छन् ।

 
 
  
 

You may also like