अनेरास्ववियुद्वारा बुटवलमा प्रदर्शन

by समतल अनलाइन

बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्ष अनेरास्ववियूले बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

प्रधानमन्त्रीले गरेको संसद विघटनलाई प्रतिगमनको संज्ञा दिदै उनीहरूले ट्राफिक चौकमा मसाल जुलुस प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् ।

काेणसभामा बाेल्दै अनेरास्ववियूका केन्द्रिय सदस्य अनुप पाेखरेलले ओलीबिरूद्ध आन्दोलन चर्काउने बताए । मसाल जुलुसमा सहभागी कार्यकर्ताहरुले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र सन्की काम भन्दै ओली विरुद्ध चर्को नारा लगाए ।

नेकपाको प्रचण्ड नेपाल पक्षले संसद विघटनको विपक्षमा दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै संसद पुनर्स्थापना नहुँदा सम्म आन्दोलन नरोक्ने बताएको छ ।

 
 
  
 

You may also like