प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल : शिवनगर र झरना विजयी

by समतल अनलाइन

बुटवल । प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ अन्तरगत बुधबार भएको खेलमा शिवनगर युवा परिवार र झरना एफसी, कुन्जलापुर विजयी भएका छन । सिद्धेश्वर खेलमैदानमा भएको पहिलो खेलमा शिवनगर युवा परिवारले राधाकृष्ण युवा परिवारलाई १—० गोल तथा दोस्रो खेलमा झरना एफसीले डि युनिटि, खैरेनीलाई पनि १—० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन ।
पहिलो खेलमा शिवनगर युवा परिवारका विकास थापाले खेलको ४८ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । उनि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
यसैगरि दोस्रो खेलमा झरना ओम प्रकाश थापाले ३३ औ मिनेटमा निर्णायक गोल गरे । आर्कषक हेडमार्फत उनले जाली चुमाएका थिए । खेलमा ओमप्रकाश थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
विहिबार पहिलो चरणका अन्तिम दुई वटा खेलहरु हुनेछन । बिहान पहिलो खेलमा चरगे युवा क्लब र सिद्धार्थ युवा क्लब तथा दोस्रो खेलमा आयोजक सौभाग्य युवा क्लब ‘ए’ र मजुवा युवा क्लबका बिच खिेल हुने प्रचार संयोजक कृष्ण कुमालले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक चक्र खड्काले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।

 
 
  
 

You may also like