पारस खड्का दशककै ‘एशोसिएट प्लेअर अवार्ड’ को मनोनयनमा

by समतल अनलाइन

काठमाडौ । नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मेन्स एशोसिएट प्लेअर अफ द डिकेड (दशककै एशोसिएट पुरुष खेलाडी) अवार्डको मनोनयनमा परेका छन् ।

आईसीसीको मेन्स एसोसिएट प्लेअर अफ द डिकेडमा तीन देशका ६ खेलाडी परेका छन् । मनोनयनमा नेपालका पारस खड्कासँगै स्कटल्याण्डका रिचे बेरिङ्टन, केल कोटजेर र क्यालम म्याकलियोड, नेदरल्याडका पिटर बोरेन र पपुवा न्यु गिनीका असद भाला छन् ।

पारस खड्काको कप्तानीमा नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्दै एक दिवसीयको पनि मान्यता पाएको थियो । मनोनयनमा परेकालाई आईसीसीको साइटमा गएर भोट गर्न सकिनेछ ।

आईसीसीकै मेन्स प्लेअर अफ द डिकेड, वुमन्स प्लेअर अफ द डिकेड, मेन्स टेस्ट प्लेअर अफ द डिकेड, मेन्स ओडीआई प्लेअर अफ द डिकेड, वुमन्स ओडीआई प्लेअर अफ द डिकेड सार्वजनिक भएको छ ।

साथै मेन्स टी–२० प्लेअर अफ द डिकेड वुमन्स टी–२० प्लेअर अफ द डिकेड, वुमन्स एशोसिएट प्लेअर अफ द डिकेड र स्प्रिट अफ क्रिकेट अवार्ड अफ द डिकेडको पनि मनोनयन सार्वजनिक भएको छ ।

 

 
 
  
 

You may also like