बुटवलमा टिप्परको ठक्करबाट एक पैदल यात्री वृद्धको मृत्युु

by समतल अनलाइन

बुटवल । बुटवलमा टिप्परको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
बुटवलको पुष्पलालपार्कछेउमा पुर्व पश्चिम राजमार्गमा बाटो क्रस गर्दै गर्दा लु २ ख ३०४६ नम्बरको ट्रिप्परले उनलाइ ठक्कर दिएको थियो ।

बुटवल उपमहानगरपालिका–८ का ८१ वर्षीय नेत्रलाल श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।

उनलाइ बुटवलबाट थप उपचारको लागि भैरहवा मेडिकल कलेज लगिएकोमा लगिएको र उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like