थप १५ सय ५१ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ९० हजार नाघ्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १५ सय ५१ जनामा कोरोना पुष्टि भएको छ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १५ सय ५१ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा २३ सय ४० जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ६७ हजार ५४२ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७४.४ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ४७ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १० लाख ९९ हजार २७६ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार २३१ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ११८ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या १३ हजार ५९१ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ४० जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २४३ जना रहेका छन् ।

 
 
  
 

You may also like