85
काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् ।
मृत्यु हुने महिलामा चितवनकी ५५ बर्षिय, मकवानपुरकी ५ दिनको बालिका, बाँकेकी २५ बर्षिय, कन्चनपुरकी २९ बर्षिय महिला रहेका छन् ।
त्यस्तै मृत्यु हुने पुरुषमा ललितपुरका ७७ बर्षिय पुरुष रहेका छन् भने काठमाडौँका ५५ बर्षिय पुरुष र बाँकेका ६० बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ । नेपालमा अहिले कोरोनासंक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।