घण्टामा ७ जनाको मृत्यु नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ३९० पुग्यो

by समतल अनलाइन

काठमाडौं।नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेहरुको विवरण यस्तो छ

पछिल्लो एक सातामा कति जनाले ज्यान गुमाए ?

यसअघि विहीबार (हिजो) कोरोनाका कारण नेपालमा ४ जनाको मृत्यु भएको थियो । त्यसअघि बुधबार कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

त्यसैगरी गत मंगलबार ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो भने सोमबार एकैदिन १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए ।

मन्त्रालयका अनुसार गएको आइतबार भने कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए । गत शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

कोरोनाकै कारण गएको शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो ।

 
 
  
 

You may also like