140
काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ३ जना महिला र ६ जना पुरुष रहेका छन् ।मृत्यु हुने महिलामा काठमाडौँका ६५ बर्षिय दुई महिला छन् भने कास्कीकी ४५ बर्षिय महिला रहेका छन् ।