२०७७ भदौं २ गते मंगलबारको तपाईको राशिफल

by समतल अनलाइन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाइने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय छ सचेत रहनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो दूरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउने छ । सरकारी निकाएको भय पनि रहनेछ, तर आफनतले सहयोग गर्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
राजनैतिक कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ला । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिने छ । साथीभाइसँग समय बित्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । शुभकार्यको चर्चा पनि चल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज ठीक समयमा सही निर्णय लिन सकिने छ । कला, साहित्य र संस्कृतिमा रुची बढ्ने छ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज महत्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । समाज सेवामा मन लाग्ला । शिक्षामा सफलता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सजिलै अरूको मन जित्न सकिने छ । व्यवसायका लागि नयाँ योजना बन्ने छ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । प्रेम जीवन पनि सुखद रहनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like