नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुग्यो

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएका छन् ।पछिल्लो मृत्यु हुनेमा धनुषा जिल्लाको विदेह-८ बस्ने ६० बर्षका पुरुषको परदेशीक अस्पताल जनकपुरमा श्रावण २६ गते राति १० बजे मृत्यु भएको छ ।

त्यस्तै धनुषा जिल्ला मिथिला विहारी नगरपालिका-५ निवासी, क्यान्सर अस्पताल जनकपुरमा काम गर्ने ५० बर्षिय पुरुषको श्रावण २५ गते मृत्यु भएको छ ।

त्यसैगरी काभ्रे जिल्लाको पाँचखाल-१ निवासी ५० बर्षिय महिलाको ललितपुरको किष्ट मेडिकल कलेजमा श्रावण २७ गते मृत्यु भएको छ ।

त्यस्तै सिन्धुपाल्चोक जिल्लाको बार्हबिसे-४ निवासी ८४ बर्षिय पुरुषको श्रावण २२ गते मनोमोहन कार्डियोभास्ककुलर केन्द्रमा मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

 
 
  
 

You may also like