सामाजिक दुरि कायम गरेर महत्त्वपूर्ण आयोजनाहरू सुचारू गर्न संसदीय समितिकाे निर्देशन

बुटवल। प्रदेश नं ५ प्रदेश सभामा गठित भाैतिक पुर्वाधार विकास समितिले प्रदेश गाैरवका आयोजना लगयतका महत्त्वपूर्ण आयोजनाहरूकाे काम सामाजिक दुरि कायम गरेर सुचारू गर्न मन्त्रालयलाई निर्देशन दिएको छ।आज बसेकाे समितिकाे बैठकले उक्त निर्देशन दिएको हाे ।
प्रदेश सरकारले सञ्चालन गरेका प्रदेश सडक र पालिका पहुँच मार्गको काम पनि सामाजिक दुरि कायम गरेर सञ्चालन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको समिति सभापति आशा स्वर्णकारले बताइन् ।

बैठकले आगामी आर्थिक वर्ष २०७७/०७८ काे वजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई समेट्ने गरि बृहत्तर याेजना बनाई कार्यान्वयन गर्न पनि भाैतिक पुर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेकोे समिति सचिव सीता घिमिरेले जानकारी दिइन् ।

प्रदेश सरकार बाट सञ्चालित याेजनहरू लिस्टङ गरेर प्राथमिकताका आधारमा कार्यान्वयन गर्न पनि समितिले निर्देशन दिएको छ ।

संघिय सरकार बाट हस्तान्तरण भई आएका आयोजना कार्यान्वयन नगर्ने प्रदेश सरकारकाे निर्णय उपयुक्त नभएको भन्दै समितिले ती आयोजना पनि प्राथमिकताका साथ अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

आगामी आर्थिक बर्षकाे वजेट विनियोजन गर्दा समानुपातिक रूपमा गर्न पनि समितिले निर्देशन दिएको छ ।

‌समिति सभापति आशा स्वर्णकारकाे सभापतित्वमा सम्पन्न बैठकमा प्रदेश सभा सदस्यहरू बिरबहादुर राना,इन्द्र प्रसाद खरेल,नारायण प्रसाद आचार्य,फकरूद्दिन खान,धर्मबहादुरलाल श्रिवास्तव,तारा जिसि,पुस्पा थरूनिले आ आफ्नो सुझाव राखेका थिए ।

 
 
  
 

You may also like