आजको राशिफल : चैत्र २० गते, बिहीबार

वि.सं.२०७६ साल चैत्र २० गते । बिहीबार । ईश्वी सन् २०२० अप्रिल ०२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र शुक्लपक्ष । तिथि– नवमी,३८ घडी १७ पला,बेलुकी ०९ बजेर १७ मिनेट उप्रान्त दशमी । नक्षत्र– पुनर्वसु,२१ घडी ३३ पला,दिउसो ०२ बजेर ३२ मिनेट उप्रान्त तिष्य । योग– अतिगण्ड,१२ घडी ३१ पला,बिहान १० बजेर ५६ मिनेट उप्रान्त सुकर्मा । करण– बालव,बिहान ०९ बजेर ४९ मिनेट उप्रान्त कौलव,बेलुकी ०९ बजेर १४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मिथुन,बिहान ०८ बजेर ३८ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय ०५ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २१ मिनेट । दिनमान ३१ घडी ०४ पला । श्रीरामनवमीव्रत । श्रीरातजयन्ती । श्रीरामयात्रा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रि घट्नेछ । माया प्रेममा आजको दिन टाडै रहनुनै बेश हुनेछ नजिकिदा मनमुटाव हुनेछ ।

अरुकै काममा समय खर्चिदा आफ्नो काम थाति रहनेछ । भिडभाडमा नजाने,सरसफाईमा ध्यान दिदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) गलत लेखाई अथवा गलत बुझाईलो आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । वढि नै उत्साहित हुन खोन्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानि गरे पनि न्युन नाँफा कमाउँन सकिनेछ ।

माया प्रेममा मनमुटाव सिर्जना हुने भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाढि बढ्न सकिनेछ । भिडभाडमा नजाने तथा सरसफाईमा ध्यान दिदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) घरमै बसेर गरिने अध्ययनले बिद्या तथा प्रतिष्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।

साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ । तरपनि भिडभाडमा नजाने,सरसफाईमा ध्यान दिदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) वन्द व्यापारबाट न्युन लाभ लिन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। आफन्त तथा साथिभाईहरुको सहयोगमा विशेष योजनाहरू बन्नेछन्। छिमेकि तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । तरपनि भिडभाडमा नजाने तथा सरसफाईमा ध्यान दिदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राम्रो संगत तथा अग्रज सल्लाहले कामहहरु समयमा अगाडि बढ्नेछन् । समयको गति सँगै बढ्न सक्दा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ ।

प्रसस्त तयारि गरेर महत्वपुर्ण काम शुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका आज समय राम्रो रहेकोछ । तरपनि भिडभाडमा नजाने,सरसफाईमा ध्यान दिदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आर्थिक दृष्टिले दिन मध्ययम रहेकोछ भने अधुरा योजनाहरु परा हुने छैनन् । पशुपालन व्यावसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ ।

पूख्र्यौली सम्पतिको प्रयोग मार्फत मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ । पढाई लेखाई उत्कृष्ट नतिजा हात लाग्ने हुदा मन प्रशन्न हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । तरपनि खानपानमा ध्यान दिनुहोला,सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समाजसेवा तथा राजनितिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउँनेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।

गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले न्युन लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । तरपनि भिडभाडमा यात्रा गनर्नुहोला । सरसफाईमा ध्यान दिदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) धर्म सस्कृति तथा यस्तै क्रिर्याकलापमा दिन बित्ने योग रहेकोछ । अध्ययन तथा अध्यापनको शिलशिलामा राम्रो ज्ञान हासिल गर्न सकिनेछ । वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेकोछ ।

भिडभाडमा यात्रा नगुर्नहोला । सरसफाईमा ध्यान दिदै स्वास्थ्यको ख्याल गर्नुहोला । प्रेममा रमाउँन चाहनेहरुका लागी समय फलदायी रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय राम्रो रहेकोले व्यापारबाट न्युन धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला ।

माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा बिवेकको प्रयोग मार्फत काम गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।

प्रेम प्रशङगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृड हुनेछ । पारिवारिक भेटघाटमा मिठो मसिलो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । तरपनि भिडभाडमा यात्रा नगर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढन पाढनमा अलि मन नजादा गृहकार्यहरु समयमा सकाउँन मुस्किल पर्नेछ । आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउँनेछ । प्रणय सम्बन्धमा बिश्वास बढेर जानेछ ।

बिवाद तथा प्रतिष्पर्धामा बिपक्षहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । तरपनि भिडभाडमा यात्रा नगर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सन्तानको प्रगति देखेर मन रमाउँनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसि हुँनेछन् । आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।

नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानि गर्न सकिनेछ । तरपनि भिडभाडमा यात्रा नगर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला ।

 
 
  
 

You may also like