२०७६ माघ २० गते सोमबारको तपाईको राशिफल

by समतल अनलाइन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउने छ । धार्मिक कार्यमा रुची बढ्ने छ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामान हराउने योग छ । पारिवारिक उल्झनमा परी आँटेको काम विग्रने छ । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटाव रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । जोश, जाँगर र उमङ्ग बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद बढ्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
न्यायिक कार्यमा सफलता मिल्ने छ । जोश जाँगर र हिम्मत वढ्ने छ । नयाँ कार्य वा रोजगार पाइने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
निर्णायक क्षमतामा कमी आउने छ । स्वस्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मान प्रतिष्ठामा बृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । नयाँ कामको थालनी होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
विशिष्ठ व्यक्तिको साथ पाईने छ । राजननितक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । शेयर बजारको कारोवार हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । नयाँ कार्यको योजना बन्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग रहेको छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like