बुटवल हरेक हिसावले सबल आर्थिक केन्द्र बन्दै : मेयर सुवेदी

by समतल अनलाइन

शिवनगर सामुदायिक वनको २४औँ वार्षिक साधारण सभा तथा ११ औँ अधिवेशन

 बुटवल ।बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले बुटवल स्वास्थ्य,शिक्षा, आर्थिक बृद्धिदर, विकास निर्माणका विद्यमान आयोजनाहरु संगै हरियाली पार्क तथा वन क्षेत्रका दृष्टिले नेपालमै केन्द्र बन्दै गएको बताए । शुक्रवार श्री शिवनगर सामुदायिक वन उपभोक्ता समूह बुटवल ७,८,९ र ११ को २४औँ बार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनलाई प्रमुख अथितिको मन्तव्य दिदै बुटवल हरेक हिसावले सबल आर्थिक केन्द्रको रुपमा विकास हुँदै गएको बताए । उनले बुटवलको समग्र विकासको लागी ऐकिकृत गरुयोजना निर्माण गरी भविष्यको महानगरपालिकाको परिकल्पनाको साथ काम गरिरहेको बताए । नगरपालिकाकाले नगरवासीहरुको सेवाप्रवाहलाई विचौलीया मूक्त सेवा प्रवाह गर्ने कार्यको सरुवात गरेको जानकारी दिए । मेयर सुवेदीले आफूले चुनावका वेला अगाडी सारेका एजेन्डा र चुनावी घोषणा पत्र अनुसार क्रमश काम गर्दै गएको बताउदै नगरबासीहरुले घोषण पत्र सिरानीमा राखेर सुत्न र पत्र अनुसार काम नभएको भए सुझाउन समेत आग्रह गरे ।


उनले बुटवलको वातावरणको सुधारको जिम्मा बुटवल भित्र रहेका सामुदायिक वनहरुले लिनुपर्ने बताए । बुटवलमा पानीको मात्र कम भएकोले त्यसलाई बढाउन वन क्षेत्रको महत्वपूर्ण भुमिका हुनेहुँदा नगरपालिकाले सामुदायिक वनहरु संग साझेदारी गरेर आगडी बढ्ने बताए । उनले छिट्टै प्रतेक सामुदायिक वनहरुमा रेन्जर र फरेष्टरको दरबन्धीको व्यवस्था गर्ने जानकारी दिए ।
जिल्ला बन कार्यालय , रुपन्देहीका वन अधिकृत बोदराज सुबेदीले रुपन्देही जिल्लामा वन क्षेत्र कम रहेको बताउदै वन संरक्षणमा लाग्न आग्रह गरे । उनले रुपन्देहीमा सुकुम्बसी र अव्यवस्थित बसोवासको नाममा वनको ठूलो संख्यमा अतिक्रमण भएको र यसलाई समयमै रोक्न नसके समास्या उत्पन्न गराउने बताए । वन क्षेत्रलाई संरक्षण गर्न हरेक दल , संद्य संस्था, नागरिक समाज , बुद्धिजिवी , स्थानिय गरी समाजका सवै अंगहरु लाग्न सके बल्ल वन संरक्षण हुन सक्ने उनले दावी गरे ।

त्यस्तै, पूर्व सांसद तथा जिवराज आश्रित प्रतिष्ठानका संस्थापनक अध्यक्ष देवेन्द्र घिमिरेले वन संरक्षणमा सामाजिक चेतना वृद्धि गर्न सके वन संरक्षण गर्न सकिने अभिव्यक्ती प्रस्तुत गरेका थिए । वि.पि. अध्ययन प्रतिष्ठानका अध्यक्ष तथा समाजसेवी युवाराज गिरीले वन सवैको साझा भएकोले यसको संरक्षण र विकासमा सवै एक भएर लाग्नु पर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका बुटवल नगर सभापति खिलराज पाण्डे , नेपाल कम्यूनिष्ट पार्टी नगर अध्यक्ष बाबुराम पन्थी , राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष थर्क बाहदुर बारघरे ,वडा नम्बर ७ का वडाध्यक्ष तथा सल्लाहाकार कमल प्रताप थापा , सव डिभिजन वन कार्यालय तिलोत्तमाका अधिकृत युवराज घिमिरे , शंकरनगर सामुदायिक वनका अध्यक्ष राम गिरी , संस्थाका अध्यक्ष तथा जिवराज आश्रितका अध्यक्ष उमाकान्त बस्याल लगाएतको शुभकामना मन्तव्य रहेको थियो । संस्थाका अध्यक्ष नारायण बाबु बस्नेतले बार्षिक प्रतिवेदन ,कोषाध्यक्ष तिल प्रसाद न्यौपानेले आर्थिक प्रतिवेदन ,लेखा समिति संयोजक चरण तिमिल्सेनाले लेखाको प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा उपभोक्ता समुहको तर्फबाट महिला तर्फ सिता खनाल र पुरुष सदस्य थम्मन बहादुर सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रम सचिव श्यामकली आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

घिमिरेको नेतृत्वमा नयाँ समिती

वनको २४ औँ वार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनबाटै सर्वसम्मत रुपमा नारायण बहादुर घिमिरे अध्यक्ष निर्वाचित भएका छन्। उनी संगै उपाध्यक्षमा थानेश्वर बस्याल , महिला उपाध्यक्षमा गिता ज्ञवाली , सचिवमा श्यामकली आचार्य , कोषाध्यक्षमा राजेन्द्र रिजाल(राजु) र सह सचिव उमा थापा क्षेत्री सर्वसम्मत रुपमा चुनिएका छन् ।बाँकी ९ जना सदस्यहरुको भने शनिवार १२ वजे सम्म मनोनयन गरिने संस्थाका नयाँ निर्वाचित कोषाध्यक्ष राजेन्द्र रिजाल(राजु)ले जानकारी दिए ।

 
 
  
 

You may also like