काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र पार्टी विधानलाई आधिकारिक रूपमा अद्यावधिक गरेको छ ।
आयोगको मंगलबार बसेको बैठकले थापा नेतृत्वको कार्यसमिति र पार्टी विधान अद्यावधिक गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नयाँ कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय भएको पुष्टि गरेका छन् ।

नेपाली कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो । निवेदनसँगै आवश्यक कागजातसमेत पेस गरिएको थियो ।
महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो । निर्वाचन आयोगको निर्णयसँगै उक्त कार्यसमिति र पार्टी विधान आयोगको अभिलेखमा आधिकारिक रूपमा अद्यावधिक भएका छन् ।

