एक्स्ट्रिम इनर्जी ड्रिंकका पाँच नयाँ स्वाद बजारमा, बिक्री वितरण सुरु

by समतल अनलाइन
27Shares

एक्स्ट्रिम इनर्जी ड्रिंकका पाँच नयाँ स्वाद बजारमा, बिक्री वितरण सुरु
काठमाडौं । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ विकल्प थप गरेको छ । कम्पनीले उपभोक्ताको रुचि र स्वादलाई ध्यानमा राख्दै पाँच नयाँ स्वादका इनर्जी ड्रिंक बजारमा ल्याएको हो ।

अब एक्स्ट्रिम इनर्जी ड्रिंकका पारखीले एउटै ब्रान्डअन्तर्गत पाँच नयाँ स्वादसहित विभिन्न विकल्पको मज्जा लिन पाउने भएका छन् ।
कम्पनीका अनुसार हरियो स्याउको स्वादमा ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरको स्वादमा ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा भुइँकटहरको मिश्रित स्वादमा ‘ट्रपिकल पञ्च’ बजारमा ल्याइएको छ ।

त्यस्तै, रास्पबेरी स्वादमा ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ पनि बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
फरक स्वाद, आकर्षक नाम र विविध विकल्पसहित नयाँ उत्पादनले उपभोक्ताको रोजाइमा थप विविधता ल्याउने कम्पनीको विश्वास छ । पाँचवटै नयाँ स्वादको बिक्री वितरणसमेत सुरु भइसकेको कम्पनीले जनाएको छ ।

You may also like