39
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार घटेर २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, बुधबार सुनको मूल्य १० ग्रामको २ लाख ६ हजार ९६० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी बुधबार घटेर ३ हजार ४० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य १० ग्रामको २ हजार ६०६ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

