कीर्तिपुरबाट ‘इनम’सँग जोडिएका महेश श्रेष्ठ पक्राउ

by समतल अनलाइन
18Shares

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुरस्थित पागा क्षेत्रबाट महेश श्रेष्ठलाई पक्राउ गरेको छ। भोजपुर पुर्ख्यौली घर भएका श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बिचौलिया इनम सापकोटासँग कनेक्सन देखिएपछि श्रेष्ठ पक्राउ परेका हुन्। उनीमार्फत इनमतर्फ ठूलो रकम गएको दाबीसमेत गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले श्रेष्ठ पक्राउ परेको पुष्टि गरेका छन्।

घटनाबारे थप विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।

You may also like