आजको मौसम पूर्वानुमान: हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

by समतल अनलाइन
22Shares

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।

हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसोको मौसम आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
आज रातिको मौसम

आज राति देशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

यसैगरी, देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

You may also like